कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौं ल्याउने तयारी

काठमाडाैं । नागरिकता किर्ते मुद्दामा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौं ल्याउने तयारी गरिएको छ ।

हिजो मात्रै जिल्ला अदालत धनुषाले सिरोहियालाई थप तीन दिन हिरासतमै राखी अनुसन्धान अघि बढाउन अनुमति दिएको थियो । तर, स्वास्थ्यमा समस्या आएको भन्दै सिरोहियालाई जनकपुरको काब्या अस्पताल भर्ना गरिएको छ ।

अस्पतालबाटै उनलाई एयरलिफ्ट गरी काठमाडौं ल्याउने तयारी भएको हो । टाउको दुखाइ, उच्च रक्तचाप तथा मुटुको चालमा उतारचढाव भएको भन्दै उनलाई पहिले जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।

यसअघि शुक्रबार अदालतले उनलाई तीन दिन थुनामा राख्न अनुमति दिइएकोमा तीन दिन बितेसँगै म्याद थपका लागि अदालतमा हिजो उपस्थित गराइएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमीप्रेमिकाका बिच खिन्नता बढ्नसक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ । मुद्दा मामिला पनि आउला । शुभकार्यको चर्चा पनि चल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds