इलाम-२ को मतगणना ११ बजेपछि गर्ने सर्वदलीय बैठकको निर्णय

काठमाडौं । इलाम-२ को उपनिर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्य छान्न भएको मतदानको मतगणना आइतबार बिहान ११ बजेपछि सुरु हुने भएको छ । भर्खरै सकिएको सर्वदलीय बैठकले बिहान ११ बजे पश्चिम इलामको फाकफोकथुम गाउँपालिकाबाट मत गणना सुरु गर्ने निर्णय गरेको हो ।

शनिबार सम्पन्न निर्वाचनमा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो । यस क्षेत्रमा कुल १ लाख १५ हजार ८८९ मतदाता छन् । मतपेटिका इलाम ७ मा रहेको गौतमबुद्ध समभागृहमा संकलन गरिएको छ ।

सभागृहका दुई स्थानमा मतगणनाका लागि तयारी गरिएको छ । निर्वाचन आयोगका अनुसार मतगणना सुरु भएको १२ घण्टाभित्र अन्तिम नतिजा प्रकाशित गरिनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वसन्त ऋतुकै पहिलो आरोहण सफल, १० शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा

काठमाडौं । यो वसन्तमा सगरमाथा आरोहणका निम्ति मार्ग बनाउँदै हिँडेका १० जना शेर्पाको टोली शिखरको …

प्रतिकृया दिनुहॊस