नवीन सन्देश र न्यूजदैनिकका सम्पादक शर्मा रजत अभिनन्दनद्वारा सम्मानित

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । नवीन सन्देश र न्यूजदैनिकका सम्पादक कल्पना शर्मा सम्मानित भएकी छन् । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको दोस्रो अधिवेशनमा निरन्तर पत्रकारिता क्षेत्रको विकास र प्रवर्द्धनमा खेल्नुभएको महत्त्वपूर्ण भूमिकाको कदर स्वरूप ‘रजत अभिनन्दन-२०८१’ बाट पत्रकार शर्मालाई सम्मान गरिएको हो ।

भक्तपुर थिमि बैक्वैटमा भएको कार्यक्रममा सम्पादक शर्मालाई नेपाली पत्रकारितामार्फत सुसूचित गर्दै विगत २२ वर्षदेखि नेपाल पत्रकार महासंघमा सदस्य रहेर योगदान पुर्‍याउँदै आएवापत् यो सम्मान गरिएको हो । सम्पादक शर्मा २०५८ सालदेखि निरन्तर नेपाल पत्रकार महासंघ काठमाडौंको सदस्य रही पत्रकारिता पेशामा आबद्ध छिन् । पत्रकार शर्मा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति परिषद् सदस्य रहेकी छिन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वसन्त ऋतुकै पहिलो आरोहण सफल, १० शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा

काठमाडौं । यो वसन्तमा सगरमाथा आरोहणका निम्ति मार्ग बनाउँदै हिँडेका १० जना शेर्पाको टोली शिखरको …

प्रतिकृया दिनुहॊस