सांकेतिक तस्बिर

नग्न भिडिओ बनाएर ब्ल्याकमेलिङ गरेको आरोपमा अधिकारी पक्राउ

काठमाडौं । रोजगारीका लागि अनलाइनबाटै मेडिकल जाँच भन्दै नग्न भिडिओ बनाएर ब्ल्याकमेलिङ गरेको आरोपमा एक जना पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा सिन्धुलीको तीनपाटन गाउँपालिका-८ घर भई काठमाडौं बुढानीलकण्ठ बस्दै आएका ३६ वर्षीय कमलप्रसाद अधिकारी छन् । उनलाई केन्द्रीय साइबर ब्यूरोको टोलीले गत शनिबार पक्राउ गरेको हो ।

पाथीभरा माता नाम गरेको फेक फेसबुक आइडी बनाएर रोजगारीका विभिन्न प्रस्तावहरू समेत प्रचार गरी अनलाइनबाटै फिजिकल फिटनेस जाँच्ने भन्दै नग्न भिडिओ बनाएर ब्ल्याकमेलिङ गरेको आरोप अधिकारीमाथि छ ।

पक्राउ परेका अधिकारीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रहरीका २८९ लेखापालको सरुवा, अब को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका २८९ जना लेखापालहरुको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको …

प्रतिकृया दिनुहॊस