फाइल फोटो

फेरि १६ प्रहरी सम्पर्कविहीन भएको सूचना

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले १६ प्रहरी कर्मचारीको नाममा ७ दिने सूचना जारी गरेको छ । विभिन्न मितिदेखि प्राविधिक प्रहरी नायव निरीक्षक, प्रहरी हवल्दार, सहायक हवल्दार, जवान लगायत पदमा कार्यरत उनीहरु आफूखुसी कार्यालयमा गैरहाजिर भएको भन्दै सूचना निकालिएको कार्यालयले जनाएको छ ।

प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत सम्पर्कमा नआएकाले ७ दिने सूचना निकालिएको कार्यालयको भनाइ छ । कार्यालयले तोकिएको मितिमा चित्तबुझ्दो जवाफसहित कार्यालयमा हाजिर हुन नआएमा सेवाबाट हटाउने कारबाही हुने जनाएको छ ।

सूचना हेर्नुहोस् :-

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘नो केबलकार समूह’ द्वारा थप आन्दोलन कार्यक्रमको घोषणा

काठमाडौँ । ‘नो केबलकार समूह’ द्वारा पाथीभरामा निर्माणाधीन केबलकारविरुद्ध थप आन्दोलन कार्यक्रम गर्ने घोषणा गरेको छ । उनीहरुले नेपाल सरकारका सहसचिवस्तरीय वार्ताबाट समस्या समाधान नभएको भन्दै थप आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेका हुन् ।

प्रतिकृया दिनुहॊस