डिशहोमको जतिको रिचार्ज उति नै बोनस अफर

काठमाडौं । डिशहोम डीटीएचका ग्राहकहरुले अब रिचार्ज गरेको रकमबराबर नै बोनस प्राप्त गर्ने भएका छन्।

ग्राहकहरुले नजिकैको डिलरदाइकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्तीमार्फत रिचार्ज गर्न सक्ने कम्पनीले जनाएको छ। ३६५ दिनदेखि रिचार्ज नगरेको गाहकहरुलाई लक्षित गरी कम्पनीले यो योजना ल्याएको हो।

‘योजनाअन्तर्गत ग्राहकले जति पैसाको रिचार्ज गर्नुहुनेछ उति पैसा वोनस स्वरुप पाउनुहुनेछ’, कम्पनीले भनेको छ, ‘यदि ग्राहकले ४०० को रिचार्ज गर्दा ४००, २००० को रिचार्ज गर्नुभएमा २००० नै बोनस प्राप्त गर्नुहुनेछ।’

यो योजना सीमित अवधिको लागि मात्र लागू गरिएको छ। यस्तै नियमित रिचार्ज गरिरहेका ग्राहकहरुले भने १ वर्षको रिचार्ज गर्दा थप १२ महिनासम्म निःशुल्क डिशहोम हेर्ने पक्का मौका पाउनेछन्।

डिशहोम डीटीएचका नियमित ग्राहकहरुले नजिकैको डिलरदाइकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्तीमार्फत वार्षिक रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनसेल एपमा अब पुलिस रिपोर्टको सुविधा

काठमाडौं । एनसेलले आफ्नो एनसेल एपमा ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखि अर्को नयाँ सुविधा थपेको छ …

प्रतिकृया दिनुहॊस