६२० किमि रेन्ज दिने स्काइवेलको बिक्री सुरु, पहिलो दिनमै ९ जना ग्राहकलाई गाडी हस्तान्त्रण

काठमाडौं । जी मोटर्स प्रालिले आधिकारिक वितरकको रुपमा चाईनाको विश्व प्रख्यात ब्रान्ड स्माईल प्रीमियम लक्जरी ईभी नेपालमा सार्वजनिक गरेको छ ।

६२० किमी रेन्ज दिने, ५ स्टार सेफ्टी रेटिङ्ग प्राप्त रियल इभी बिहीबार एक भव्य समारोह माझ जी मोटर्स प्रालिको राधेराधे भक्तपुरमा स्थित स्काईवेल शोरुमको उद्घाटन साथै २ बान गाडी ग्राहक माझ डेलिभरी गरेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा नेपाल स्थित चिनिया दूताबासका ईकोनोमिक यन्त्र कमर्शियल कन्सुलर, चिनियाँ प्रतिनिधि भीमस जु र जी मोटर्स प्रालि अध्यक्ष दुर्गाप्रसाद गेलालबाट संयुक्त रुपमा शोरुमको समुद्घाटन गरिएको हो । गाडी सार्वजनिक गर्दै आम ग्राहकको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै १ वर्षको निःशुल्क बीमा, सडक कर, एक्सचेन्ज सुविधामा आकर्षक बोनस र विशेष छुट सुविधा बैशाख महिना भरी रहेको कम्पनीका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले जानकारी दिए ।

नाडा अटोशोबाट औपचारिक बुकिङ्ग एबम ब्रान्डको बिक्री सुरुवात गरेको जि मोटर्सले छोटो समयमा स्काईवेलको प्रेमियम एबम नेपाल मै सबैभन्दा धेरै रेन्ज दिने ६२० किमीको दुरी एक सिंगल चार्जमा तय गर्ने र ८६ किलोवाट आवरको व्याट्री प्याकले ग्राहकलाई सोचे भन्दा आरामदायी यात्रा तय गराउने जनाएको छ ।

स्काइवेतका विद्युतीय सवारी जर्मनी, इजरायल, टर्की र रसिया लगायत ५८ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ । स्काईवेल ईटि५ को नेपाली बजार मूल्य १ करोड ९ लाख रहेको कम्पनीले जनाएको छ । भदौ अन्तिममा नै नेपाल ल्याउने घोषणा भएको स्काइवेल ईटी फाइभको आधिकारीक बिक्री सुरु भएको हो ।

कम्पनीले बिक्री सुरु गर्दा नै ९ जना ग्राहकलाई गाडी हस्तान्त्रण गरेर प्रिमियम सेग्मेन्टमा आफ्नो बलियो उपस्थिति रहने प्रमाण पेश गरेको थियो । स्काइवेल ईटी फाइभ मूल्य, ब्याट्री र मोटरको आधारमा प्रिमियम एसयूभी मान्न सकिन्छ । आधिकारीक बिक्रीको सुरुवात र शोरुम लन्चिङ कार्यक्रम आयोजना गर्दै कम्पनीले आफ्नो बिक्री सुरु गरेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला १ लाख …

प्रतिकृया दिनुहॊस