डिशहोम मिसन ८१ : एक वर्षको रिचार्जमा थप १२ महिना सम्म निःशुल्क डिशहोम हेर्ने मौका पक्का

काठमाडौं । नयाँ वर्ष २०८१ को सुरुवात संगै डिशहोमले आफ्ना ग्राहकहरुको लागि मिसन ८१ योजना लिएर आएको छ । यस योजनामा सहभागी ग्राहकहरुले डिशहोमको एक वर्षको रिचार्ज गर्दा तुरुन्तै लक्की ड्र मार्फत १ महिना देखी १२ महिनासम्म थप बोनस प्राप्त गर्न सक्नेछन् ।

डिशहोम मिसन ८१ म डिशहोमका ग्राहकहरुले मात्र ३००० रुपैयाँमा डिशहोमको बार्षिक रिचार्ज गर्न सक्नेछन् । यस्तै वेसिक प्लसको ३५००, र प्रिमियम लाईफस्टाईलको ४००० मा डिशहोमको बार्षिक रिचार्ज गर्न सकिनेछ । ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत रिचार्ज गर्न सक्नेछन् ।

नेपालभर रहेका डिशहोमका डिलर, सव डिलर तथ विक्रेताहरु मार्फत ग्राहकहरुले Fund Transfer बाट बार्षिक रिचार्ज गरि यो योजनामा सहभागिता जनाउन सक्नेछन् । Fund Transfer बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मंगलबार कति छ सुनचाँदीको मूल्य ?

नेपाली बजारमा पछिल्ला महिनायता सुनको मूल्यले नयाँ नयाँ कीर्तिमान बनाउँदै आएको छ ।

प्रतिकृया दिनुहॊस