सविताले ६० लाखमा किनेको सुन नक्कली परेपछि…

काठमाडौं । नक्कली सुनलाई सक्कली भन्दै ६० लाखमा बेचेको आरोपमा प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सिलुगुढीका ५४ वर्षीय शेरबहादुर गिरी छन् । उनलाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले पक्राउ गरेको हो ।

गिरीले आफूसँग १ किलो काँचो सुन रहेको भन्दै झापाको बुद्धशान्ति गाउँपालिका-२ की ४५ वर्षीया सविता सिटौलालाई ६० लाखमा बिक्री गरेको पाइएको प्रहरीले जनाएकाे छ । सिटौलाले सुन नक्कली परेपछि प्रहरीमा जाहेरी दिएकी थिइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नवलपुरमा घरभित्रै श्रीमान्-श्रीमती मृतावस्थामा फेला

काठमाडौं । पूर्वी नवलपुरको मध्यविन्दु-१२ बेलहानीमा श्रीमान् श्रीमती मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी …

प्रतिकृया दिनुहॊस