फाइल फोटो

गल्मीमा डढेलो निभाउने क्रममा भीरमा खसेका घर्तीको मृत्यु

काठमाडौं । गुल्मीमा डढेलो निभाउने क्रममा भिरमा लड्दा एक जनाको ज्यान गएको छ । घटनामा अर्का एक जना घाइते भएका छन् । मुसिकोट नगरपालिका–१ का ५८ वर्षीय महले घर्तीको घर नजिकै जंगलमा लागेको डढेलो निभाउने क्रममा भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सोमबार स्थानीय सर्वोदय मावि नजिकै सल्लाघारीमा लागेको डढेलो निभाउने क्रममा लडेर घर्ती गम्भीर घाइते भएका थिए । भिरबाट झण्डै डेढ सय मिटर जति तल खसेका घर्तीलाई तत्काल उद्धार गरी स्थानीयले जिल्ला अस्पताल तम्घास पुर्‍याएका थिए ।

उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए । घर्तीसँगै भिरबाट लडेका स्थानीय ५२ वर्षीय रेसम थापा घाइते छन् । थापाको तम्घास अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

डढेलो निभाउने क्रममा हावा चल्दा आगोको लप्का आफूतिरै सोझिएपछि घर्ती र थापा भाग्ने क्रममा भिरबाट खसेका स्थानीयले बताएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ : सुहाङको मत १४ हजार नाघ्यो, मुढाले कटायो ८ हजार

काठमाडौं । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । …

प्रतिकृया दिनुहॊस