काठमाडौँसहित पहाडी भूभागमा वर्षा

काठमाडौँ । काठमाडौँ उपत्यकालगायत कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा हल्का वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान माहाशाखाले उपत्यकासहित पहाडी क्षेत्रमा साँझसम्म हल्का वर्षा भइरहने सम्भावना रहेको जनाएको छ ।

महाशाखाका मौसमविद् सरोज पुडासैनीले कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको थोरै स्थान साथै बाँकी पहाडी भूभागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको बताए ।

उनका अनुसार पहाडी भू–भागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री