काठमाडौं । भोजपुरको आमचौक गाउँपालिका-१० स्थितमा दुधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ।
बुधबार दिउँसो १ बजे आमचोक- ६ देवानटारका २० वर्षीय सुदिप दर्जी र १८ वर्षीय अजय राईको दुधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय घोडेटारले जनाएको छ।
उनीहरुको शवलाई पोष्टमाटमको लागि धरानको घोपा पठाइएको प्रहरीले जनाएको छ।
तपाईंको प्रतिकृया




