निर्माण व्यवसायी शर्मा किर्गिजस्तानका अवैतनिक महावाणिज्यदूत नियुक्त

काठमाडौँ । निर्माण व्यवसायी रमेश शर्मा किर्गिजस्तानका लागि नेपालको अवैतनिक महावाणिज्यदूत नियुक्त भएका छन् ।

शर्मालाई बिहीबार परराष्ट्र मन्त्रालयमा शिष्टाचार महापाल दिलीपकुमार पौडेलले अवैतनिक महावाणिज्यदूतको नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् । नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार एवं पूर्व अध्यक्ष शर्मा गुणस्तरीय कार्यका लागि देश विदेशमा ख्याति कमाएको शर्मा एन्ड कम्पनीका प्रबन्ध निर्देशक हुन् ।

नेपाल र किर्गिजस्तानबीचको सम्बन्धलाई अझ प्रगाढ बनाइ नेपालमा किर्गिजस्तानको लगानी भित्र्याउन आफूले विशेष पहल गर्ने शर्माले बताए । निर्माण व्यवसाय लगायत अन्य विविध क्षेत्रमा समेत लगानी गरेका शर्मा विभिन्न सामाजिक संस्थामा पनि उत्तिकै क्रियाशील छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागमा १० सदस्य थपिए

काठमाडौं- नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागमा १० जना सदस्य थपिएका …

प्रतिकृया दिनुहॊस