काठमाडाैं । स्किल वीक-२०२४ पाँचौं संस्करणमा पाँच जना स्किल हिरो अवार्डबाट सम्मानित भएका छन् । आइतबार द सोल्टी होटेलमा आयोजित विशेष कार्यक्रमको बीचमा एक हप्ते स्किल वीक कार्यक्रममा स्किल वीक-२०२४ पाँच प्रेरणादायक व्यक्तित्वहरुलाई स्किल हिरो अवार्डबाट सम्मानित भएका हुन् ।
उद्यमीहरू, सरकारी कूटनीतिज्ञहरू, र एक सयभन्दा बढीकाे सहभागीहरुको उपस्थितिमा रहेकाे थियाे । कार्यक्रममा उपसभामुख, प्रतिनिधि सभा इन्दिरा राणा मगर प्रमुख अतिथिको रुपमा उपस्थिति भएकी थिइन् । विभिन्न सिपमुलक तालिमहरु लगायत सिपयुक्त कार्यशाला, तालिम, केस स्टडी, लगायत मनोरन्जनलाई मध्य नजरमा राख्दै सिपलाई विभिन्न आयामबाट प्रस्तुत गर्ने गरिएको थियो ।
कलकारखाना, शैक्षिक संस्था एवम सरकारी निकाय सँगको साझेदारीको लक्ष्य लिइ तिनै क्षेत्रबाट सिपमुलक रोजगारीका अवसर, बद्द्दोे सिप प्रतिको महत्व, ब्यापार, सेवा, आधुनिक प्रबिधी देखी लिएर कला तथा संस्कृति झल्किने किसिमले सिपको महत्व उजागर गर्ने लक्ष्यलिई स्किल वीक कार्यक्रम ३१ मार्चदेखि ०८ अप्रिलसम्म संचालन भएको थियो । यस कार्यक्रममा ५ फरक सीप क्षेत्रहरू प्रदर्शन गरिएको थियो जसमा कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतिथ्य, विज्ञान तथा प्रविधि एवम Dual VET/ Apprenticeship रहेका थिए ।
पहिलो स्तम्भ अर्थात् कला र संस्कृतिका लागि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) दुई प्रसिद्ध दिग्गज कलाकारलाई समाजको परिवर्तनसँगै विभिन्न समस्यालाई कलाको मार्फत बाट हाँस्यब्यंग्य गर्दै आफ्नो करियर समर्पित गरेकोमा पुरस्कृत गरिएको थियो । नेपाली जीवनमा उनीहरुको मनमोहक हास्यले हरेक उमेर समूहलाई मनोरञ्जन दिएको छ र यी जोडीले आफ्नो जीवनको दुई दशकभन्दा बढी समय चलचित्र, टेलिभिजन शृङ्खला र नाटकहरूमा हास्य र हृदय छुने भावनाहरूमार्फत सचेतना अभियानको हस्ताक्षर शैली सिर्जना गर्न समर्पित गरेका छन्।
त्यसैगरी उद्यमशीलता विधामा किंग्स कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्यालज्यु लाई स्किल हिरोको उपाधि प्रदान गरिएको छ । उनी समुदाय, शिक्षा र उद्यमशीलतालाई सँगै ल्याउन काम गर्ने शिक्षक हुनुहुन्छ। विद्यार्थी भवनबाट बाहिर निस्कँदा, वास्तविक समस्यासँग खेल्दा, सिकाइलाई प्रतिबिम्बित गर्ने, सहकर्मीहरूसँग छलफल गरेर सिकाइलाई व्यवहारमा लागू गर्दा वास्तविक सिकाइ हुन्छ भन्ने उनको दृढ विश्वास छ।
यसका साथै पर्यटन तथा हस्पिटालिटी विधाका लागि पर्यटनसम्बन्धी तालिम दिने नेपालको पहिलो कलेज नेपाल कलेज अफ ट्राभल एण्ड टुरिजम म्यानेजमेन्टकी संस्थापक तथा अध्यक्ष सुश्री छाया शर्मा लाई सम्मान गरिएको थियो । उनी काष्ठमण्डप विद्यालय रि सार्क च्याम्बर क्राफ्ट्स् भिलेजकी संस्थापक पनि हुन्, जुन सार्क क्षेत्रबाट हस्तशिल्पका लागि खुद्रा आउटलेट हो । महिला सशक्तिकरणको लागि रुट गर्दै, उनले नेपाल महिला उद्यमी संघको स्थापना गरिन् ।
त्यस्तै, विज्ञान तथा प्रविधि विधामा डा भगवान कोइराला पुरस्कृत भएका छन् । डा. कोइराला कार्डियोथोरासिक सर्जन, प्राध्यापक र सामाजिक कार्यकर्ता हुन्। उनी नेपालमा ओपन–हार्ट सर्जरी सुरु गर्ने नेपाली शल्यचिकित्सकहरूको टोलीको नेतृत्व गर्नका लागि परिचित छन्। यस वर्ष, हामीले अप्रेन्टिससिप विषयवस्तु प्रस्तुत गर्यौं, रApprenticeship विधामा सुश्री पुष्पा चौधरीलाई पुरस्कृत गरियो । सुश्री चौधरी एक योग्य शेफ हुन् जसले होटल व्यवस्थापनमा आफ्नो सीप र क्यारियर प्रदर्शन गरिसकेकी छिन्।
सोही दिन समापन समरोहलाई लक्षित गरेर सी ई वो अनप्लग्ड २०२४ नामक भब्य कार्यक्रम संचालन गरिएको थियो जसमा ब्यापारका चुनौती, अवसर एवम प्रयोगात्मक शिक्षाको महत्व एवम नव आगन्तुक व्यापारका पारखीहरुलाई मार्ग्दिशा प्रदान गर्न २ प्यानेल छलफल संचालन गरिएको थियो । सीईओ अनप्लग्डको पहिलो प्यानल छलफल “Strategic Alliance for Greater Impact” एवम दोस्रो प्यानलमा छलफल “The World of Work – Building a Resilient Future for Youth in Nepal” शीर्षकमा आयोजना गरिएको थियो। कार्यक्रमको बिचमा राष्ट्रिय केस स्टडी प्रतियोगिताको फाइनल प्रस्तुति पनी सम्पन्न गरिएको थियो।कार्यक्रमलाई सभ्य र भव्य बनाउनका लागि यो कार्यक्रम विभिन्न संसंस्थाको साझेदारिमा संचालन भएको थियो।
प्रतिकृया दिनुहॊस