प्रभु बैंकद्वारा कागबेनीमा ‘क्यु आर स्ट्याण्ड’ उपलब्ध

काठमाडौँ । बहुचर्चित धार्मिकस्थल कागबेनीमा बिशेषगरी बडादसैँ र चैतेदसैँ अघिको सोह्रश्राद्घ तथा औँसी तिथिमा दिवंगत आफन्तहरूको नाममा पिण्डदान र तर्पणका लागि वर्षेनी नेपाल र भारतबाट करिब ११ हजार जनाभन्दा बढी भक्तजनहरूको यो क्षेत्रमा आवागमन हुने गरिएको छ । पिण्ड दान गर्दा दिवंगत भएकाहरूले मुक्ति पाउने धार्मिक विश्वास छ ।

हिमाल पारिको जिल्ला मुस्ताङ्गको विभिन्न गाउँपालिकाहरूमा ७ वटा मात्र शाखा कार्यालय मार्फत सम्पूर्ण बैँकिङ्ग सेवा उपलब्ध गराइरहेको प्रभु बैँक, मुस्ताङ जिल्लाको वित्तीय पहुँचका लागि सारथी बन्ने गरेको मुस्ताङ्गबासीहरु बताउँछन् । मुस्ताङ जिल्लाको समुन्नत आर्थिक विकास तथा समृद्धिका लागि प्रभु बैँकले वित्तीय सेवा मात्र नभएर वित्तीय सचेतना तथा सामाजिक उत्तरदायित्व निर्वाहमा समेत विशेष ध्यान दिएको प्रभु बैँकको गण्डकी प्रदेश कार्यालयले जनाएको छ ।

यसैबिच नगद रहित भुक्तानी प्रणालीमा विशेष जोड दिइरहेको प्रभु बैँकले कागबेनीमा भक्तजनहरूको सहजीकरणका तथा सुविधाका लागि ‘कागबेनी मन्दिर श्राद्घस्थल व्यवस्थापन समिति’ लाई एक समारोहका बिच क्यु आर स्ट्याण्ड उपलब्ध गराएको छ ।

प्रभु बैंकका नेपालभर ३०१ शाखा कार्यालयहरू, २८५ एटिएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सनराईज बैंकले ल्यायो ‘शिक्षित लक्ष्मी’ कार्यक्रम

काठमाडौँ । महिला सशक्तीकरणप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै लक्ष्मी सनराईज बैंकले शिक्षित लक्ष्मी पहलको थालनी गरेको …

प्रतिकृया दिनुहॊस

This will auto close after