कैलालीमा एउटै कोठामा मृत भेटिए दिदीबहिनी

काठमाडौं । कैलालीमा दिदीबहिनी मृत अवस्थामा फेला परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका-१० थेवरस्थित कलेशु चौधरीका छोरीहरु मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार मंगलबार बिहान २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया ईन्द्रा चौधरी मृत भेटिएको हुन् । दुवै जनाको शव काठले बनाएको टिनले छाएको घरको दोस्रो तलाको कोठाको दोपट्टाको पाँसो लगाई झुन्डिएको अवस्थामा फेलम परेको थियो ।

अहिले घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप