कांग्रेस नेतृत्वको कोशी सरकारबाट बाहिरियो माओवादी

काठमाडौं । कोशी प्रदेश सरकारका तीन जना मन्त्रीले आज सामूहिक राजीनामा दिएका छन् ।

खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री नारायणबहादुर मगर, सामाजिक विकासमन्त्री राजेन्द्र कार्की र पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले पदबाट राजीनामा दिएका मुख्यमन्त्रीका सञ्चार सल्लाहकार देवनारायण साहले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रले आज मात्रै सरकारबाट बाहिरिने निर्णय गरेको थियो । सोमबार बसेको प्रदेश संसदीय दलको बैठकले मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

यसैगरी कोशी प्रदेश सरकारले कोशी प्रदेशसभाको पाँचै अधिवेशन आगामी जेठ ११ गते बिहान ११ बजे बस्ने निर्णय गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रविलाई कांग्रेसले दियो चुनौती, प्रचण्डसँग यस्तो आग्रह

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई आरोप प्रमाणित गरेर देखाउन चुनौती दिएको …

प्रतिकृया दिनुहॊस