काठमाडौं । तनहुँमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको व्यास नगरपालिका-५ साँगेका ३५ वर्षिय जीतबहादुर कुमालले ३२ वर्षीया सुकमायाको हत्या गरेका हुन् ।
शनिबार दिउँसो सामान्य विवादका क्रममा जीतबहादुरले श्रीमती सुकमायालाई दाउले हानेका थिए । दाउ प्रहारबाट सुकमायाको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनालगत्तै पुगेको प्रहरीको टोलीले कुमाललाई नियन्त्रणमा लिएको छ । हत्याको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
तपाईंको प्रतिकृया




