इन्फिनिक्स मोबाइलमा अब १५ महिनाको वारेन्टी

काठमाडौं । इन्फिनिक्स मोबाइलले ग्राहकहरूमा आफ्नो उत्पादनको गुणस्तर र टिकाउपनको आत्मविश्वासका साथ एक नविन प्रस्ताव ल्याएको छ । इन्फिनिक्सले अप्रिल १ बाट स्मार्ट फोन मोडलहरूमा अभूतपूर्व १५ महिनाको वारेन्टी घोषणा गरेको हो ।

यो कदमले मोबाइल बजारका सबै अत्याधुनिक क्षमतालाई परिभाषित गर्ने कम्पनीको विश्वास छ । जसले ग्राहकलाई कुनै अतिरिक्त खर्च नगरी यस्तो उत्कृष्ट वारेन्टी प्रदान गरेको पनि कम्पनीले जानकारी दिएको छ ।

इन्फिनिक्सको अरू सम्पूर्ण मोबाइल उद्योगमा निर्धारित समयभन्दा तीन महिना बढी १५ महिनाको वारेन्टी प्रदान गर्ने निर्णय आफैँमा स्मार्ट फोनको सर्वश्रेष्ठ र विश्वसनीयताको प्रमाण भएको पनि बताइएको छ ।

इन्फिनिक्सले विस्तृत वारेन्टीमा कुनै भय नरहने गरी डिजाइन गरेको पनि बताइएको छ ।

Global Ime bank
इन्फिनिक्सले ७५ भन्दा बढी देशहरूमा उपस्थित जनाएर अत्यावश्यक प्रविधिमा व्यापक रूपमा प्रस्तुत गर्दै आएको बताइएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले एक सय रुपैयाँ दरको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय गरेको छ । …

प्रतिकृया दिनुहॊस