स्काईवेलको ईटी-५ ले ६२० किमी रेन्ज दिने, सम्पन्न गर्‍यो अफरोड मोटर र्‍याली (फोटोफिचर)

काठमाडौं । एनवाईअफ विराटनगर, सुनसरी एवं झापा च्याप्टरले आयोजना गरेको मोटर र्यालीको मुख्य प्रायोजक स्काईवेलको लक्जरी एसयूभी ईटी५ र आयातकर्ता जी मोटर्स प्रालिले संयुक्त रुपमा इटहरी सोल्टी वेस्टेन्डबाट शुरु भएको ३ दिने र्‍यालीको कोशी प्रदेशका पर्यटनमन्त्री गणेश उप्रेतीबाट सम्पन्न भएको छ।

उक्त र्‍यालीको मुख्य प्रायोजक रहेको स्काईवेलको नेपालमै पहिलो सबैभन्दा धेरै रेन्ज ६२० किमी दिने पहिलो लक्जरी एसयूभी ईटी५ले २० वटा अन्य अफरोडमा ड्राइभ हुने जिप तथा पिकअपहरुसँगै उक्त र्‍याली इटहरी, धरान, भेँडेटार एवं तमोर करिडोर हुँदै फिदिम बजारबाट इलामको शाखेजुङ्गमा क्याम्पमा रात्रीकालीन बास बसी पुनः भोलिपल्ट इलाम फिक्कल, बिर्तामोड र दमकमा कार्यक्रमको समापन गरी पुनः इटहरीबाट विराटनगरमा सम्पन्न भएको छ।

इलामको शाखेजुङ्ग समुद्र सतहबाट २५०० फिटभन्दा माथि रहेको मनोरम दृश्यसहितका ठूलो क्षेत्रफलमा रहेको टि–स्टेटहरुले घेरिएको स्थान हो, जुन इलाम बजारभन्दा ४० किमी टाढा रहेको अफरोड युक्त क्षेत्र पनि हो। उक्त अफरोड मोटर र्यालीको उद्देश्य पूर्वक्षेत्रको पर्यटन वृद्धिमा सहयोग हुने साथै ईभी लक्जरी एसयूभी ईटी५ले जस्तोसुकै कठिन बाटोको पनि सहज यात्रा गर्न सकिने र पूर्ण यात्राको मज्जा लिन सकिने साथै एक सिल फुल चार्जमा ६२० किमीभन्दा ज्यादा यात्रा सहजै गर्न सकिने जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले बताए।

‘हाम्रो मुख्य उद्देश्य भनेको ईभी एसयूभीले पनि कठिन बाटोको पनि पूर्ण लक्जरीका साथ सबै परिवार ५ जना यात्रा गर्दै क्याम्पिङका सामग्रीसहित यात्रा गर्न सकिन्छ’, उनले भने, ‘यसमा हाम्रो सवारी अब्बल छ भन्ने कुरा आमग्राहकलाई सन्देश दिनु नै रहेको छ। आगामी दिनहरुमा पनि हाम्रो प्रालिले यस्ता धेरै यात्रा सहज छन्, स्काईवेलको ईटी ५ मा भन्ने प्रामाणित नै गर्नेछौँ।’

आफूहरुले यो प्रीमियम एसयूभी नेपालमा लन्च गर्नुअगावै आमग्राहकहरुले जस्तोसुकै बाटो त्यो नर्मल रोड होस् वा एक्स्ट्रम अफरोड होस जहाँ पनि ढुक्कका साथ लान सक्नेछन् भन्ने उदेशयका साथ यस र्यालीलाई प्रायोजन एवं सहभागिता जनाएको गेलालले बताए। ‘हाम्रो यस सवारीमा ग्राहकले अत्याधुनिक आधुनिक फिचरसहित उच्च प्रविधियुक्त आरामदायी क्याबिन र लक्जरी सिट, प्यानारोमिक सनरुफ एवं मुनरुफ र उच्च १९० एमएमको ग्राउन्ड क्लियरेन्स प्राप्त गरी एउटा पूर्ण एसयूभीको मज्जा लिन सक्नेछन्’, उनले भने।

‘यो मोटर र्‍यालीको सहभागिता एवं हाम्रो सवारीको पर्फर्मेन्सले हामी एकदम उत्साहित भएका छौँ’, उनले भने, ‘किनभने हालसम्म नेपालमा ६२० किमी रेन्ज दिने प्रिमियम लक्जरी एसयूभीले यत्तिको कठिन यात्रा तय गरेको नै यो पहिलो हो।’

यो सवारीसाधनको पूर्ण लन्च र डेलिभरी एकदम चाँडो गर्ने तयारीमा रहेको गेलालले बताए। ‘यसका साथै हाम्रो कम्पनीले नै ५ हजार किमीभन्दा बढी नेपालका सबैखाले भूभागमा टेस्ट गरी ग्राहकको विश्वास जितेमा ढुक्क छौँ’, उनले भने।

स्काइवेल ईटी५ फाइभ स्टार सेफ्टी क्रायस टेस्ट प्राप्त, ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। त्यस्तै यो एसयूभीमा १५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ। स्काइवेल ईटी५ विशेषगरी इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको हो। यी विशेषताले यो विद्युतीय एसयूभीलाई प्रिमियम क्याटागोरी प्रदान गरेको छ। यसको टपस्पिड १६० प्रतिघन्टा भन्दा बढी रहेको छ। जसले उपभोक्तालाई उच्च गतिको सवारी ड्राइभिङ अनुभूति दिलाउनेछ।

स्वाइवेल ईटी छ मा प्यानारोमिक सनरुफसहित स्क्सक्लुसिभ पेटेन्डेड स्लिप सिट र मेट्रिक्स लेजर हेडलाइटले उपभोक्तालाई लक्जरी प्रदान गर्छ। विसं. २०७४ मा स्थापना भएको जी मोटर्सले यसअघि नेपाली बजारमा विभिन्न ब्रान्ड सवारी स्थानीय डिलरका रुपमा बिक्री गर्दै आएको छ। जी मोटर्सले काठमाडौं र इटहरीमा ८ वटाभन्दा बढी शोरूमबाट २ हजार उपभोक्तालाई सेवा उपलब्ध गराइसकेको छ।

पछिल्लो समय विद्युतीय सवारीप्रति बढ्दो उपभोक्ता चाहनालाई सम्बोधन गर्न जी मोटर्सले जी ईभीमार्फत स्वाइवेल ब्रान्ड आधिकारिक रुपमा ल्याएको हो। विद्युतीय एसयूभीमा पनि प्रिमियम सेमगेन्टका उपभोक्तालाई उपयुक्त मूल्यमा सवारी उपलब्ध गराउने उद्देश्यले जी ईभीले नयाँ ब्रान्ड भित्र्याएको हो। कम्पनीको हाल राधेराधे (भक्तपुर) र इटहरी (सुनसरी)मा शोरुम छन् भने नक्साल काठमाडौं छिट्टै सुरु हुनेछ।

जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलाल विगत १६ वर्षदेखि आटोमोबाइल क्षेत्रमा आवद्ध छन्। लामो समयको सवारी बिक्री अनुभवमार्फत स्वाइवेल ब्रान्डसहित नेपाली उपभोक्ता र यहाँको भूगोल सुहाउँदो प्योर ईभी प्ल्याटफर्मका विद्युतीय सवारी बिक्रीमा होमिएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

घट्यो सुनको मूल्य, कति छ तोलाको ?

काठमाडौं । नेपाली बजारमा कारोबार साताको अन्तिम दिन आज (शुक्रबार) सुनको भाउ घटेको छ । …

प्रतिकृया दिनुहॊस