झन्डै १८ किलो तयारी गहनासहित मोरङका विजय पक्राउ

काठमाडौं । मोरङको बेलबारी नगरपालिका-७ बाहुनीबाट सशस्त्र प्रहरीले ८ लाख ७४ हजार ५ सय ५२ रुपैयाँ बराबरको चाँदीको तयारी गरगहनासहित एक जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा कानेपोखरी गाउँपालिका-६ बस्ने ३८ वर्षीय विजय खत्रीलाई १७ किलो ९ सय ६० ग्राम चाँदीको तयारी गरगहनासहित सुरक्षा बेश बाहुनीले नियन्त्रणमा लिएको हो ।

प्रदेश १-०२-०४९ प ७००२ नम्बरको मोटरसाइकल सवार उनले लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा उनलाई १२ केजी २ सय ११ ग्राम चाँदीको गरगहनासहित नियन्त्रणमा लिइएको थियो । पछि उनकै सूचनाको आधारमा सोही ठाउँको एक घरमा लुकाई छिपाई राखेको अवस्थामा ५ केजी ७ सय ४९ ग्राम चाँदीको तयारी गरगहना सुरक्षा बेस बाहुनी र सुरक्षा बेस लक्ष्मीमार्गबाट खटिएको सुरक्षा फौजले बरामद गरेको थियो ।

उनी सवार उल्लेखित मोटरसाइकल समेत सशस्त्र प्रहरीले बरामद गरेको छ । बरामद चाँदीको गरगहना तथा मोटरसाइकलसहित खत्रीलाई चैत १९ गते सोमबार आवश्यक कारबाहीको लागि विराटनगर भन्सार कार्यालय मोरङमा बुझाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सातै प्रदेशमा मुटु रोग उपचार पुर्‍याउने गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको निर्णय

काठमाडाैं । सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले सबै प्रदेशमा पुर्‍याउने घोषणा गरेको छ । केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको केन्द्र सञ्चालक समिति बैठकले हाल केन्द्रमार्फत बाग्मती प्रदेशमा उपलब्ध मुटु रोग उपचार सेवा अब थप ६ प्रदेशमा विस्तार गर्ने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस

This will auto close after