डाक्टर प्रतिभा मृत फेला, एक हप्ताको बिदामा आएकी थिइन् घर

काठमाडौं । जिल्ला अस्पताल धादिङमा कार्यरत सर्जन डाक्टर प्रतिभा धौभडेल आफ्नै घरमा मृत फेला परेकी छिन् । ३४ वर्षीय डाक्टर धौभडेल काठमाडौँ महानगरपालिका–१३ छाउनीस्थित घरको बाथरुपमा मृत फेला परेकी हुन् ।

बाथरुपमा भेटिएकी उनलाई श्रीमान् डा. कविराज भण्डारीले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल लगेका थिए । अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । उनकाअनुसार बाथरुपमा सलको पासोमा झुण्डिएको अवस्थामा उनलाई फेला पारिएको श्रीमानले प्रहरीसमक्ष बयान दिएका छन् ।

प्रतिभा घरायसी कामका लागि भन्दै एक हप्ताको बिदामा बसेको बताइन्छ । प्रतिमाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालबाट जनरल सर्जरीमा एमडी गरेकी थिइन् । रातो बंगला स्कुल पढेकी उनले भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस गरेकी थिइन् ।

रातो बंगला पढ्दा नेपालमै ए लेभलमा उत्कृष्ट अंक ल्याएकी डा. प्रतिभाले भारतमा प्रतिष्ठित डा. पारसमणि स्वर्ण पदक पनि हात पारेकी थिइन् । डा. प्रतिभाका श्रीमानले आत्महत्या गरेको दाबी गरेपनि प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस