बालशिक्षा माध्यमिक विद्यालय प्युठानको पूर्वविद्यार्थी समाजको अध्यक्षमा भट्टराई सर्वसम्मत

काठमाडौं । बालशिक्षा माध्यमिक विद्यालय मच्छी प्युठान पूर्वविद्यार्थी समाजको अध्यक्ष जीवराज भट्टराई सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न तेस्रो अधिवेशनबाट भट्टराई अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

सोही दिन समाजको तेस्रो अधिवेशनसँगै चौथो वार्षिक साधारणसभा र वनभोज कार्यक्रम पनि गरिएको थियो । आपसी सदाशयता, आत्मीयता र सहकार्यको उद्देश्य उद्देश्य राखी स्थापना गरिएको पूर्वविद्यार्थी समाजले गर्ने यस किसिमका कार्यक्रमबाट उक्त विद्यालयका विद्यार्थीहरूबीच आपसी सदाशयता, आत्मीयता र सहकार्यको उद्देश्य पूरा गर्ने बाटोमा अघि बढिरहेका छौं भन्ने सन्देश प्रवाह भएको सहभागीहरूले बताएका थिए ।

नयाँ नेतृत्व चयनमा विश्वास प्रकट गरेका सम्पूर्ण सदस्यहरूलाई सिङ्गो कार्यसमितिको तर्फबाट अध्यक्ष भट्टराईले हार्दिक धन्यवाद व्यक्त गरेका थिए । आगामी दिनहरूमा अझ रचनात्मक भएर अघि बढ्ने उनको प्रतिबद्धता छ ।

संस्थाका अध्यक्ष जीवराज भट्टराईको अध्यक्षता तथा सञ्चालन सचिव राजेन्द्र भट्टराईले गरेको उक्त कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्य राख्दै कृषि विकास बैंकका उपमहाप्रबन्धक तथा संस्थाका वरिष्ठ उपाध्यक्ष मीनराज पोखरेलले यस्ता कार्यक्रमबाट संस्थाका सदस्यहरुबीच आपसी सौहदद्रता, सहकार्य तथा आत्मीयता विकास भएर सदस्यहरुबीच सम्बन्ध विस्तार एवं मेलमिलापमासमेत विस्तार हुने विश्वास व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा उक्त विद्यालयबाट एसएलसी पास गरेका एआइजी श्याम ज्ञवालीलगायतलाई सम्मानसमेत गरिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौंमा मोटरसाइकल र स्कुटर ठोक्किए, एक युवकको मृत्यु

काठमाडौं  । काठमाडौंको दक्षिणकाली नगरपालिका–१ चाल्नाखेलस्थित सडकमा भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ । …

प्रतिकृया दिनुहॊस