राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले दिइन् राजीनामा

काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् । अर्यालले बिहिबार राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा पत्र बुझाएकी हुन् ।

नयाँ सत्ता समीकरणमा अध्यक्ष मावोवादी केन्द्रको भागमा परेर दाहाल निर्वाचित भएपछि माओवादी नेतृ समेत रहेकी अर्यालले राजीनामा दिएकी हुन् ।

राष्ट्रिय सभाको उपाध्यक्षमा यस अघि एमालेको दाबि रहेपनि एकीकृत समाजवादीले दाबि गरेपछि एमालेले छोडेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस