भिजिबिलिटी कमजोर हुँदा उडान प्रभावित, काठमाडौंका लागि उडेको श्री’को जहाज भैरहवामा अवतरण

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो ।

विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी कमजोर हुदाँ केही अन्तर्राष्ट्रिय उडान प्रभावित भएको बताए । उनका अनुसार एयर चाइनाको जहाज ‘डाइभर्ट’ भएको छ भने अन्य जहाज आकाशमा फन्को लगाउने (होल्ड) भएका छन् । अहिले पनि सिचुवना एयरलाइन्सको जहाज होल्डमा रहेको छ ।

प्रतिकूल मौसमले विमानस्थलको भिजिबिलिटी कमजोर रहेको छ। एक घण्टा अगाडि एक हजार ६ सय मिटरमात्रै भिजिबिलिटी रहेकामा अहिले दुई हजार पाँच सय रहेको छ । ‘होल्डमा रहेका अन्तर्राष्ट्रिय उडानका जहाज अवतरण हुन थालेका छन्,’ प्रवक्ता झाले भने । आन्तरिकतर्फ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उडान भएको छैन ।

तराई क्षेत्रका विमानस्थलमा भने नियमित उडान भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तराष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान सेवा दिइरहेका छन् ।

धनगढीबाट आएको श्रीको जहाज भैरहवामा अवतरण
यसैबीच बिहानै धनगढीबाट काठमाडौं उडेको श्री एयरलाइन्सको जहाज काठमाडौंमा अवतरण हुन नसकेपछि भैरहवामा अवतरण गरिएको छ । धनगढीबाट काठमाडौं उडेको झन्डै अढाई घण्टापश्चात् भैरहवामा अवतरण गरेको हो ।

जहाज आज बिहान ७ बजेर १२ मिनेटमा उडेको थियो । काठमाडौंमा अवतरण गर्न नसकेपछि भैरहवामा साढे ९ बजेतिर अवतरण भएको थियो । ८० सिट क्षमताको जहाजमा दुई बच्चासहित ७७ जना यात्रु सवार थिए । काठमाडौंमा अवतरण गर्ने क्रममा मौसम बिग्रिएपछि आकाशमै होल्ड गरी भैरहवामा अवतरण गर्नुपरेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस