ट्राफिक जाँचका लागि रोकेको बसमा माइक्रो ठोक्कियो, ८ जना घाइते

काठमाडौं । मुग्लिन-नारायणगढ सडकको रामनगरमा बिहान माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । चितवनको भरतपुर-१ रामनगरमा ट्राफिक प्रहरीले जाँचका लागि रोकिराखेको बागमती प्रदेश ०१-००६ ख ४८८८ नम्बरको बसमा ग २ ख २२५ नम्बरको माइक्रोबस अनियन्त्रित भई ठोक्किएको हो ।

दुर्घटनामा परी चितवन भरतपुर मनपा-११ की ४४ वर्षीया मिना सापकोटा, भरतपुर-५ का ४० वर्षीय केशर साह, भरतपुर-२१ की ४४ वर्षीया मेनका तामाङ , भरतपुर-१४ का ५३ वर्षीय हरिराम ढकाल र ५१ वर्षीया धनुमाया ढकाल, भरतपुर-२ का ३० वर्षीय काशी उपरकोटी, भरतपुर-२० का ४७ वर्षीय तुलबहादुर घले र गोर्खा सिरानचोक-१ की २६ वर्षीया प्रीति रम्तेल घाइते भएका हुन् ।

उनीहरूको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुर्घटनामा स्थानीय कमलबहादुर न्यौपानेको घरमा सञ्चालित मोटरसाइकल ग्यारेजमा समेत क्षति पुगेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस