भारतीयसहित २३ कम्पनी कालोसूचीमा (नामसहित)

काठमाडौं । सरकारले विभिन्न २३ वटा निर्माण व्यवसायी र आपूर्तिकतालाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सूचना जारी गर्दै ती कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको जनाएको छ ।

कालोसूचीमा पर्ने एक भारतीय कम्पनी पनि रहेको छ । विद्युत प्राधिकरणको सिफारिसमा नयाँ दिल्लीको अर्भिल इन्फ्रापावर लिमिटेडलाई तीन वर्ष कालोसूचीमा राखिएको छ । यस्तै आइएस कन्स्ट्रक्सन कम्पनीलाई पनि तीन वर्ष कालोसूचीमा राखिएको छ ।

यो कम्पनीलाई सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानून मन्त्रालयले कालोसूचीमा राख्न सिफारिस गरेको खरिद अनुगमन कार्यालय ताहाचलले जनाएको छ । कालोसूचीमा परेकाहरुले यो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस