नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौँ । साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक १५.३७ अंकले घटेको छ ।

यसदिन नेप्से ०.७४ प्रतिशतले घटेर २०४८.५७ विन्दुमा बन्द भएको छ । बिहीबारको बजारमा ४ अर्ब ३१ करोड ३० लाख १७ हजार ७१३ रूपैयाँको सेयर कारोबार भएको छ ।

गत कारोबार दिन अर्थात् बुधबार ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ रूपैयाँको कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा कारोबार रकममा ८२ करोड रूपैयाँ वृद्धि भएको हो ।

यस दिन ३१५ वटा धितोपत्रको १ करोड ८५ लाख ५२ हजार ७०५ कित्ता सेयर किनबेच भएको हो । बिहीबार ४८ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ वटाको घटेको छ । यस्तै, ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले एक सय रुपैयाँ दरको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय गरेको छ । …

प्रतिकृया दिनुहॊस