बिजुलीको ट्रान्सफर्मर चोरी

काठमाडौं । रौतहटमा बिजुलीको ट्रान्समिटर नै चोरी भएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर १० मा रहेको बाल्चनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको बिजुलीको ट्रान्सफर्मर चोरी भएको हो ।

५० केभीए पावरको उक्त ट्रान्समिटर चोरहरूले राखेको ठाउँबाट तल झारी त्यसमा रहेको तामा निकालेर लगेका हुन् । ट्रान्समिटरको बोक्रा मात्र रहेको र भित्रको गुदी चोरहरुले चोरेर लगेको बालचनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष बलिराम साहले बताए । सोमबार साँझसम्म सही सलामत रहेको बिजुलीको ट्रान्समिटर मङ्गलबार बिहान हेर्दा खोक्रो मात्र रहेको र त्यसभित्र रहेको तामा चोरहरुले निकालेर लगेको अवस्थामा पाइएको अध्यक्ष साहले जानकारी दिए।

बिजुलीको ट्रान्समिटरको भित्र रहेको तामा निकालेर लगि खोक्रो मात्र छोडेका चोर समूहको खोजीका लागि खानेपानी तथा सरसफाई उपभोक्ता समितिले इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरमा निवेदन दिएको छ ।

रौतहट जिल्लामा यसभन्दा अघि पनि बिजुलीको ट्रान्समिटर चोरीका घटनाहरू देखा परेको भएपनि ट्रान्समिटरको तामाचोरीमा संलग्नहरुलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । बिजुलीको ट्रान्समिटरमा रहेको तामा महँगोमा बिक्री हुने भएका कारण चोरहरुले एकान्त स्थानमा रहेका बिजुलीका ट्रान्सफर्मरहरू निकाली त्यसभित्र रहेको तामा झिकी बिक्री वितरण गर्ने गरेको बालचनपुरका स्थानीय बासिन्दा अर्जुन चौधरीको भनाई रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ऊर्जामन्त्री खड्कासामु इप्पानले राख्यो आठबुँदे माग (मागसहित)

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई …

प्रतिकृया दिनुहॊस