उपनिर्वाचनका लागि सरकारले दियो १० करोड

काठमाडौँ । उपनिर्वाचनका लागि अर्थ मन्त्रालयले १० करोड रुपैयाँ उपलब्ध गराएको छ । आउँदो वैशाख १५ गते हुने उप निर्वाचन हुँदैछ । निर्वाचन आयोगले पत्राचार गरेअनुसार १० करोड खर्च गर्न अनुमति दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।

सुरक्षा निकायका निम्ति भने मन्त्रालयले बजेट नछुट्ट्याएको हो । वैशाख १५ गते प्रतिनिधिसभाअन्तर्गत इलाम क्षेत्र नम्बर–२ र प्रदेशसभाअन्तर्गत बझाङ क्षेत्र नम्बर–१ ‘क’मा उपनिर्वाचन हुँदैछ । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि रिक्त इलाम–२ मा उपनिर्वाचन गर्न लागिएको हो ।

यस्तै, सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको मृत्युपछि बुझाङ–१ ‘क’ को प्रदेशसभा पद रिक्त छ । उपनिर्वाचनका निम्ति प्रतिनिधिसभातर्फ २० र प्रदेशसभातर्फ १९ दल दर्ता गरिएको आयोगले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री