महिला कर्मचारीमाथि दुर्व्यवहार गर्ने राष्ट्र बैंकका आचार्य बर्खास्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्य बर्खास्त भएका छन् । बैंकको महिला कर्मचारीलाई दुर्व्यवहार गरेको अभियोगमा आचार्यलाई बर्खास्त गरिएको हो ।

एक सार्वजनिक कार्यक्रममा बैंकको कर्मचारीलाई अभद्र व्यवहार गरेको भन्दै आचार्यमाथि छानबिन भएको थियो । आन्तरिक अनुसन्धानबाट आचार्यको बयान लिइएकोमा चित्त बुझ्दो जवाफ नमिलेपछि उनलाई नेपाल राष्ट्र बैंक कर्मचारी नियमावली अनुसार बर्खास्ती गरिएको हो ।

पुसमा नगरकोटमा आयोजित एक कार्यक्रमका क्रममा राष्ट्र बैंककै एक महिना कर्मचारीमाथि उनले अभद्र व्यवहार गरेका थिए । उनको बर्खास्ती भोलि मंगलबारदेखि लागू हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी विकास बैङ्कद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामाग्री वितरण (तस्वीरहरु)

काठमाडौँ । महालक्ष्मी विकास बैङ्कले आगलागिका कारण घरबार विहीन भएका १५० घर परिवारका लागि राहत …

प्रतिकृया दिनुहॊस