दुर्गा प्रसाईँका बडीगार्ड पेस्तोलसहित पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई जना निजी सुरक्षाकर्मी (बडिगार्ड)लाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश गरेको पाइएपछि झापाको बुद्धशान्ति गाउँपालिका-३ का दीपक खड्कालाई पक्राउ गरिएको हो ।

सर्वोच्च अदालतमा कार्यरत प्रहरीले पक्राउ गरेर उनीहरुलाई काठमाडौँ प्रहरी परिसर समक्ष बुझाएको छ । उनीहरु हतियारसहित सर्वोच्च प्रवेश गर्न खोज्दा पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी भीम ढकालले जानकारी दिएका छन् ।

सर्वोच्चका प्रवक्ता वेदनारायण उप्रेतीले हतियारसहित अदालतमा प्रवेश गर्न नपाइने बताए । सोमबार सर्वोच्च अदालतमा दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइ भइरहेको छ । खड्का दुर्गा प्रसाईंको सुरक्षा गार्डका रुपमा काम गर्दै आएका व्यक्ति हुन् । प्रहरीले उनको साथबाट एउटा बन्दुक पनि बरामद गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एमाले कांग्रेस मिल्नुपर्छ भन्ने छ, तर हामीलाई हतार छैन : रमेश लेखक

काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीले नयाँ समीकरण बनाउन हतार नगरेको बताएका …

प्रतिकृया दिनुहॊस