नेरुडे मिर्मिरे लघुवित्तको सेयर रजिस्ट्रारमा एसबिआई मर्चेन्ट बैंकिङ

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

सेयर रजिस्ट्रार नियुक्तिसम्बन्धी सम्झौतामा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल र मर्चेन्ट बैंकिङका प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार सेयर दाखिल खारेज, नामसारी, धितोबन्धक, अभौतिकीकरणलगायत सेयर रजिस्ट्रेसनसम्बन्धी सम्पूर्ण कार्य नेपाल एसबिआई मर्चेन्ट बैंकिङले आइतबारदेखि नै सुरु गरिसकेको कम्पनीको भनाइ छ ।

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड आपसमा गाभिई फागुन ३० गतेदेखि नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट राष्ट्रियस्तरको लघुवित्तका रूपमा एकीकृत कारोबार शुभारम्भ गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा …

प्रतिकृया दिनुहॊस