हिमालकी रानीको च्यारिटी शो : नायिका शान्ताको अभिनयको प्रशंसा

काठमाडौं । चलचित्र “हिमालकी रानी”को च्यारिटी शो सम्पन्न भएको छ । बालाजुस्थित अष्टनारायण हलमा भएको उक्त च्यारिटी शोमा दर्शकहरुको उल्लेख्य सहभागिता रहेको थियो । संयुक्त एकता आवाज केन्द्रको सहयोगका लागि प्रदर्शन गरिएको उक्त च्यारिटी शो पछि देशका प्रमुख शहर तथा विदेशमा प्रदर्शन हुने जनाइएको छ ।

करिब ५० जना अभिभावकविहिन बालबालिकालाई लामो समयदेखि आश्रय दिएर समाजसेवामा उल्लेख्य योगदान दिए बापत थुप्रै अवार्ड तथा सम्मान पाएका संयुक्त एकता आवाज केन्द्रका संचालक तिल बहादुर कार्कीले संचालन गरेका केन्द्रको ब्राण्ड एम्बेसडर तथा सल्लाहकार समेत रहेकी नायिका एवं समाजसेवी शान्ता तामाङको चलचित्रमा प्रमुख भूमिका रहेको छ । चलचित्र मार्फत धादिङ, नुवाकोट तथा रसुवा जिल्लाका तामाङ तथा घले समुदायको वास्तविक संस्कार र परिवेशलाई चित्रण गरिएको छ ।तामाङ समुदायको लोपोन्मुख संस्कृतिको संरक्षणका निमित्त निर्माण गरिएकोले चलचित्रलाई दर्शकले रुचाएको र खुलेर सबैले प्रशंसा गरेको नायिका शान्ताले बताईन् ।  लाप्साङ्गकार्पो म्यूजिक सेन्टरको तेश्रो प्रस्तुती रहेको चलचित्र ‘हिमालकी रानी’मा शान्ताका साथै कलाकारहरु विजय लामा,प्रदीप फ्यूवा, कान्छा लामा, मर्नेन तामाङ, कमल तामाङ, प्रकाश तामाङ्ग कुईसेङ्ग रुम्बा, जयविर तामाङ्ग, लक्ष्मी घिसिङ्ग, जिवी घले, सोप्यत तामाङ, महेन्द्र तामाङ्ग सिंह बहादुर तामाङ लगायतको अभिनय रहेको छ ।

चलचित्रको लेखन तथा निर्देशन रोशन फ्यूबा तामाङ्गले गरेका हुन् । कमल तामाङ, सुनानी तामाङ्ग तथा प्रशंस फुयूबा निर्माता रहेको चलचित्रको छायांकन प्रकाश तामाङ्ग तथा रोशन फ्यूबाले गरेका हुन् भने चलचित्रमा समावेश गीतहरु यस अघिनै चर्चामा रहेको थियो । लामो समयदेखि मनोरन्जन क्षेत्रमा क्रियाशिल नायिका एवं समाजसेवी शान्ता महिला अधिकार तथा समानताका लागि काम गर्दै आइरेहेकी छिन् । क्रिष्टल सब रेमिट, क्रिष्टल ट्राभल्स, ललित मनि ट्रान्सफर तथा एसके ईन्टरटेनमेन्टको संचालक समेत रहेकी नायिका पेशाले एक सफल महिला ब्यवसायी समेत हुन् ।मिसेज नेपाल आईकनकि विजेता एवं जुम्बा क्वीन २०१४ तथा मेन्दोमायाको संस्थापक समेत रहेकी शान्ता आफू उक्त प्रतियोगीता विजेता पश्चात ईभेन्ट व्यबस्थापनमा समेत सक्रिय रहदै आएकी छिन् । शान्ता हालै मात्र दुवईमा आयोजना भएको मोडल सङ्गस अवार्डको सर्वोत्कृष्ट मोडलको अवार्ड जित्न सफल भएकी थिईन ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

स्वरसम्राट नारायणगोपालको बायोपिक चलचित्र बन्ने

काठमाडौं । स्वरसम्राट नारायणगोपालको जीवनीसम्बन्धी बायोपिक चलचित्र बनाउने घोषणा गरिएको छ । लेखक प्रकाश सायमिले …

प्रतिकृया दिनुहॊस