कर्णाली पुलमाथि गुडिरहेको ट्रकमा भीषण आगलागी, पुलमा समेत क्षति

काठमाडौं । कर्णाली नदीमाथि बनेको पुलमा गुडिरहेको ट्रकमा एक्कासि आगलागी हुँदा पुलमा समेत क्षति पुगेको छ । कैलालीको लम्की नगरपालिकास्थित चिसापानी भएर बग्ने कर्णाली नदीमाथि बनेको पुलमा वीरगन्जबाट महेन्द्रनगर जाँदै गरेको ना. ५ ख ५२९७ नम्बरको ट्रकमा एक्कासि आगलागी भएको हो ।

ट्रकमा एक करोडभन्दा बढी मूल्य बराबरको लाइटर रहेको चिसापानी प्रहरीले जनाएको छ । ट्रकमा एक्कासि लागेको आगो फैलिँदै जाँदा पुलका लट्ठामा समेत आगो फैलिएको थियो । आगो करिब ३ घण्टापछि नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदीप चन्दले जानकारी दिए ।

उनकाअनुसार पुलमाथि नै आगलागी भएपछि अहिले पूर्वपश्चिम राजमार्गको यो खण्डमा सवारी आवागमन रोकिएको छ । सवारीहरूलाई वैकल्पिक सडक प्रयोग गर्न भनिएको छ । सडक डिभिजनले पुलको अवस्था जाँचेपछि मात्र यो खण्ड सुचारु गरिनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस