ग्याल्पो ल्होसार एक महिना अघि नै मनायौं, आजको सार्वजनिक बिदाको औचित्य छैन : शेर्पा संघ

काठमाडौँ । नेपाल शेर्पा संघले आज ग्याल्पो ल्होसार नभएको स्पष्ट गरेको छ । सरकारले आज ग्याल्पो ल्होसार भन्दै सार्बजनिक बिदा दिएपछि शेर्पा संघले आपत्ति जनाउदै आजको सार्बजनिक बिदाको कुनै औचित्य नभएको स्पष्ट गरेको छ ।

संघले गत माघ २७ गए नै यस बर्षको ग्याल्पो ल्होसार भएको र आफुहरुले सोहि मितिमा ग्याल्पो ल्होसार मनाएको बताएको छ । संघले भोटचन्द्र पात्रो अनुसार ग्याल्पो ल्होसार १ महिना अघि नै परेकोले पञ्चाङ्ग निर्णायक समितिले तोकेको आजको तथाकथित ग्याल्पो ल्होसार र सार्वजनिक विदाको कुनै अर्थ र औचित्य नरहेको प्रष्ट पारेको छ ।

संघले भनेको छ-

ग्याल्पो ल्होसार बारे नेपाल शेर्पा संघले २०८०/१०/२६ गते नै प्रेस नोट जारी गरी आधिकारिक धारण सार्वजनिक गरि सकेको छ । त्यसपछि गृहमन्त्री, सूचना तथा सूचना प्रविधि मन्त्री र पर्यटन मन्त्रालय समेतको ध्यानाकर्षण गराई सकेको छ । भोटचन्द्र पात्रो अनुसार ग्याल्पो ल्होसार १ महिना अघि नै परेकोले २०८०/११/२८ मा पञ्चाङ्ग निर्णायक समितिले तोकेको तथाकथित ग्याल्पो ल्होसार र सार्वजनिक विदाको कुनै अर्थ र औचित्य नरहेको प्रष्ट पार्दछ । उप्रान्त राज्यको जिम्मेवार निकायले हचुवाको भरमा तिथिमिति तोक्ने र भ्रम सिर्जना गर्दै सम्बन्धित चाडपर्व प्रेमिको अपमान गर्ने कार्य नगर्न नगराउन समेत अपिल गर्दछ । साथै, २१५२ ग्याल्पो ल्होसारको तिथि प्रष्टपारी पठाउन नेपाल बौद्ध महासंघलाई यसअघि नै पत्रचार गरिएको समेत सबैको जानकारीका लागि सूचित गरिन्छ । थुचिछे ।

नेपाल शेर्पा संघ
संघीय कार्यालय, नारायणटार, काठमाडौं ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बलात्कार मुद्दामा सिद्धबाबालाई ३० दिनभित्र झिकाउन उच्च अदालतको आदेश

काठमाडौं । जबरजस्ती करणीको आरोप लागेका विवादास्पद धर्मगुरु कृष्णबहादुर गिरी ‘सिद्धबाबा’ लाई विराटनगर उच्च अदातलले …

प्रतिकृया दिनुहॊस