महालक्ष्मी विकास बैंकले सार्वजनिक गर्‍यो २०८१ सालको भित्तेपात्रो

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको २०८१ सालको क्यालेन्डर प्रकाशन गरेको छ । २७ फाल्गुनमा आइतबार बैंकले आफ्नो आधिकारिक वेबसाइट मार्फत नयाँ साल २०८१ सालको क्यालेन्डर प्रकाशन गरेको हो ।

स्थानीय साना तथा मझौला व्यापारहरू झल्कने तस्वीरहरु मार्फत सकारात्मक सन्देश प्रदान गर्दै यस वर्षको क्यालेन्डर प्रकाशन गरी आफ्ना ग्राहकहरु समक्ष ल्याएको बैंकले जनाएको छ । क्यालेन्डरमा विश्व फोटोग्राफी दिवसको अवसर पारेर बैंकले सञ्चालन गरेको ‘बिजचित्र फोटोग्राफी प्रतियोगिता’ मा सहभागी तस्वीरहरु मध्येका उत्कृष्ट १२ तस्वीरहरू समावेश गरिएको छ ।

मिति, तिथि, चाडपर्व, दिवस लगायतका विषयमा आफ्ना ग्राहकलाई जानकारी दिन क्यालेन्डर प्रकाशनको मुख्य उद्देश्य रहेको बैंकले जनाएको छ । ग्राहकहरुले उक्त क्यालेन्डरको डिजिटल कपी बैंकको आधिकारिक वेवसाइट https://www.mahalaxmibank.com मार्फत डाउन्लोड गर्न सक्नेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरूले बुद्ध एयरको टिकट खरिदमा …

प्रतिकृया दिनुहॊस

This will auto close after