राष्ट्रिय सभा कांग्रेस संसदीय दलको नेतामा सिटौला

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेता पदमा कृष्णप्रसाद सिटौलालाई मनोनयन गरेका छन् । शनिबार देउवाले सिटौलालाई राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेतामा मनोनयन गरेको निजी सचिव केशवराज जोशीले जानकारी दिएका छन् ।

देउवाले कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित २०७४)को धारा १२ को उपधारा १ बमोजिम सिटौलालाई चयन गरेका हुन् । गत माघमा भएको राष्ट्रिय सभा निर्वाचनमा सिटौला कोशी प्रदेशको अन्यतर्फबाट निर्वाचित भएका थिए । नेकपा माओवादी केन्द्रसँगको सत्ता गठबन्धनमा हुँदा उनलाई नै राष्ट्रिय सभाको अध्यक्ष बनाउनेबारे चर्चा भएको थियो ।

तर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सभा अध्यक्ष नेकपा माओवादी केन्द्रकै हुनुपर्ने दाबी गरेका थिए । अहिले उनले सत्ता गठबन्धन परिवर्तन गरी नेकपा एमालेको साथ लिएका छन् ।

Press Release 1 ed

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया कार्याकक्षबाटै पक्राउ

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ परेका छन् । उपत्यका अनुसन्धानका …

प्रतिकृया दिनुहॊस