काठमाडौं । गृहिणी महिला संघले विभिन्न क्षेत्रका दश जना महिलालाई सम्मान गरेको छ। संघले ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा फरक विधामा रहेर समाजलाई विशेष योगदान पुर्याएका महिलाहरूलाई सम्मान गरेको हो।
समाजसेवी रोजिना विष्ट, अभिनेत्री केकी अधिकारी, गायिका तथा कार्यक्रम प्रस्तोता विष्णुमाया पौडेल, नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी, महिला उद्यमी देविका बुढाथोकी र कान्तिपुर टेलिभिजनमा कार्यरत श्रद्धा अर्याल सम्मानित भएका हुन्।
त्यस्तै, कानुनविद् तृष्णा न्यौपाने, राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्मा, वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्जिता शर्मा र शिक्षाविद् प्रा.डा. पद्मा अर्याललाई पनि सम्मान गरिएको संघले जनाएको छ।
प्रतिकृया दिनुहॊस