काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ इतिहासकै महंगो भएको छ । सोमबार प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ हजार रुपैयाँले बढेको हो ।
आज छापावाला सुन १ लाख २३ हजार रुपैयाँ प्रतितोलमा कारोबार भईरहेको छ । यसअघि गत पुस १२ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला १ लाख २२ हजार रूपैयाँमा कारोबार भएको थियो ।
तेजावी सुन तोलामा १ लाख २२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य आज ३५ रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिकृया दिनुहॊस