आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सकाे संचालक समिति अध्यक्षमा ढकाल

काठमाडाैँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको संचालक समितिको अध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन् । कम्पनीको २६औं वार्षिक साधारण सभाबाट आगामी ४ वर्षको लागि संस्थापक समूहबाट ४ जना र सर्वसाधरण समूहबाट २ जना संचालक पदमा निर्विरोध निर्वाचित भएका हुन् ।

संस्थापक समूहबाट हेमराज ढकाल, विशाल अग्रवाल, अम्बिका प्रसाद पौडेल र कृति टिवडेवाल तथा सर्वसाधरण समूहबाट राजेन्द्र सिंह भण्डारी र अमित अग्रवाल संचालक पदमा निर्विरोध निर्वाचित भएका हुन् ।

आइतबार नै बसेको कम्पनीको १४ औँ बैठकले निर्वाचित भएका संचालकहरुमध्येबाट संस्थापक समूहबाट निर्वाचित संचालक ढकाललाई संचालक समितिको अध्यक्ष पदमा सर्वसम्मतिबाट छनौट गरिएको प्रमुख कानून विभाग आनन्द खड्काले जानकारी दिएका छन् ।

अध्यक्ष ढकालले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट बीमा ऐन, २०७९ को दफा ४७ को उपदफा (६) बमोजिम पद तथा गोपनियताको सपथ लिए । अध्यक्षले सञ्चालक कृष्ण प्रसाद शर्मासहित नवनिर्वाचित सञ्चालकहरुलाई पनि पद तथा गोपनियताको शपथ ग्रहण गराए । लिमिटेडको २६औँ वार्षिक साधारण सभा आइतबार काठमाडौँमा सम्पन्न भएको खड्काले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल लाइफ इन्स्योरेन्सद्वारा आगलागी पिडितहरूलाई राहत सामग्री वितरण

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ मा आगलागीका कारण …

प्रतिकृया दिनुहॊस