काठमाडौँ । मिसेस नेपाल आइडल २०२४ को उपाधि सप्तरीकी निशु काफ्लेले जित्न सफल भएकी छन् । राजधानीको म्युजिक सिटी स्टुडियोमा शुक्रबार कार्यक्रममा उनले ताज पहिरन सफल भएकी हुन् । ताजसँगै उनले इजिष्टमा हुन गइरहेको नेपाल फेसन एण्ड इन्टरटेनमेन्ट अवार्डमा इन्ट्रिप्याकेज समेत पाप्त गरेकी छन् ।
यो नेपाली विवाहित महिलाहरूको राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिताको आठौँ संस्करण हो । प्रतियोगितामा राजेश्वरी अमात्य फस्ट रनरअप र रुपा खवास सेकेन्ड रनरअप हुन सफल भइन् । चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफीमा करिब एक दर्जन प्रतियोगीहरूले तीन सातासम्म व्यक्तित्व विकास फोटोसुट, भिडियोसुट लगायत विविध विषयहरूमा तालिम लिएका थिए । कार्यक्रममा सुब्बा कै कोरियोग्राफीमा प्रतियोगीहरूले आकर्षक नृत्य समेत प्रस्तुत गर्दै परिचयात्मक, सांस्कृतिक पोसाक चरण, प्रश्नोत्तर चरण लगायतका विविध चरणहरुमा आफूलाई योग्य उतार्ने प्रयास गरेका थिए ।
कार्यक्रममा विविध सबटाइटल अर्वाडहरु समेत वितरण गरिएको थियो जसमा मोस्ट करिज्म्याटिक निशु काफ्ले, वेस्ट फोटोजेनिक राजेश्वरी योगल अमात्य, मोस्ट कन्फिडेन्ट रुपा खवास, मोस्ट डाइनामिक रेनु श्रेष्ठ, मोस्ट स्मार्ट सृजना श्रेष्ठ, मोस्ट डिलीजेन्ट सरला भट्टराई कुँवर, वेस्ट पर्सनालिटी लक्ष्मी बोहरा चौहान, मोस्ट डिलाइटफुल उर्वशी श्रेष्ठ, बेस्ट कम्प्लेक्सन भिमादेवी बराल, मोस्ट सिन्सियर सर्मीला परियार, मोस्ट चार्मिङ सिता चन्द, मोस्ट पपुलर सृजना श्रेष्ट र पब्लिक च्याइस भिडियो अर्वाड लक्ष्मी वोहरा चौहानले प्राप्त गर्न सफल भए ।
कार्यक्रमको निर्णायक मण्डलमा, अभिनेता सिद्धार्थ सिंह, मोडल तथा अभिनेत्री शुष्मा अधिकारी, मिस्टर ह्याण्डसम नेपाल-२०१९ तथा मोडल अभिसेक खड्का,मिसेस क्यापिटल क्विन नेपाल-२०२३ लक्ष्मी भुसाल र मिसेस नोबेल नेपाल २०२४ सिरुसा सापकोटा रहेका थिए भने कार्यक्रमको सञ्चालन रोजिन शाक्यले गरेका थिए । विवाहित महिलाहरूमा भएको क्षमता प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।
प्रतिकृया दिनुहॊस