नामिबियामाथि नेपालको रोमाञ्चक जित

काठमाडौँ । नेपालले नामिबियामाथि रोमाञ्चक जित हासिल गरेको छ । जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको खेलमा नेपालले नामिवियालाई ३ रनले पराजित गरेको हो ।

नेपालले दिएको १८१ रनको लक्ष्य पछाएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाउँदै १७७ रन बनाएपछि नेपालले ३ रनले खेल जितेको हो । अन्तिम ओभरमा नामिबियाका लागि जितका लागि १२ रन आवश्यक रहेकोमा करण केसीले शानदार बलिङ गर्दै एक विकेट लिएर ८ रन मात्र दिँदै नेपाललाई जित दिलाएका थिए ।

नामिबियाका लागि जेजे स्मिथले सर्वाधिक ५० रन बनाएका थिए भने जान फ्राइलिंकले ३७, जान ग्रीनले २१, जेपी कोट्जेले २५ रन बनाएका थिए । नेपाली बलर करण केसी, सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले २-२ विकेट लिएका थिए भने अविनाश बोहोराले एक विकेट लिएका थिए ।

यसअघि नामिबियाविरुद्धको खेलमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको थियो । नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेलेका थिए । कुशलले ५५ रन बनाएका थिए । त्यस्तै आरिफ सेखले महत्त्वपूर्ण ३१ रन बनाएका थिए भने गुलशन झाले २६, अनिल शाहले २३, दिपेन्द्र सिंह ऐरीले १६, कप्तान रोहित पौडेलले १०, कारण केसीले ७ रन बनाएका थिए

नामिबियाका बेन शिन्कोंगोले सर्वाधिक ३ विकेट लिएका थिए भने ज्याक ब्रासेलले २ तथा जान निकोल इटन, रुबेन ट्रम्पेलम्यान र बेर्नार्ड स्कोल्जले एक एक विकेट लिएका थिए । यो नेपालको यस सिरिजमा पहिलो जित हो । यो जितपछि नेपालको ३ खेलमा २ अंक रहेको छ । त्यस्तै नामिबियाको भने ३ खेलमा ४ अंक रहेको छ । अब सिरिजको अर्को खेलमा शनिबार नेपालले नेदरल्याण्डसको सामना गर्ने छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कप्तान सुनील क्षेत्रीले लिए सन्न्यास

काठमाडौँ । भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् …

प्रतिकृया दिनुहॊस