बेलबारी दुर्घटना अपडेट : मृतक संख्या तीन पुग्यो (नामावली)

काठमाडौं । पूर्व-पश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका-१ र ३ को सिमानामा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ । शुक्रबार बिहान भएको दुर्घटना परेर झापाको कमल गाउँपालिका-२ का ५२ वर्षीय यदुकान्त भट्टराई, कमल गाउँपालिका-४ की ४४ वर्षीया दीपा खानाल र झापाको बिर्तामोड नगरपालिका-२ का ३६ वर्षीय कृष्ण गजुरेलको मृत्यु भएको हो ।

दुर्घटना गम्भीर घाइते भएकामध्ये यदुकान्त र दीपाको विराटनगरस्थित कोशी अस्पताल तथा कृष्णको विराटनगरकै न्युरो अस्पतालमा मृत्यु भएको मोरङका प्रहरी प्रवक्ता डिएसपी रञ्जन दाहालले जानकारी दिए । उनकाअनुसार उपचारका लागि कोशी अस्पताल पुर्‍याउनासाथ यदुकान्त र दीपालाई चिकित्सकले मृत घोषित गरेका थिए । कृष्णको उपचारका क्रममा बिहान करिब ८:५५ बजे न्युरोमा मृत्यु भएको हो ।

दुर्घटनामा परेर अरु २ जना घाइते भएका छन् । घाइतेहरु कमल गाउँपालिका-४ का ४६ वर्षीय हरि खनाल र कमल-२ की ४८ वर्षीया गायत्री भट्टराईको न्युरोमा उपचार भइरहेको छ। घाइतेमध्ये हरिको अवस्था गम्भीर र गायत्रीको अवस्था सामान्य रहेको अस्पताललाई उद्रित गर्दै प्रहरीले जनाएको छ । टिपर, बस र बोलेरो जीप ठोक्किएर बिहान करिब ६ः३० बजेतिर भयानक दुर्घटना भएको हो ।

प्रदेश १ ख ९६७६ नम्बरको टिपरले मे १ ज २८५६ नम्बरको बोलेरो जिपलाई ठक्कर दिँदा त्यसमा सवार तीन जनाको मृत्यु भएको डिएसपी दाहालले जानकारी दिए । उनका अनुसार टिपरको ठक्करबाट बोलेरो उछिट्टिएर प्रदेश ३ ००१ ख २७१८ नम्बरको बसमा ठोक्किएको थियो ।

प्रहरीका अनुसार मृतक र घाइते ५ जना नै बोलेरो जीपमा सवार थिए । दुर्घटनामा परेर बोलेरो जीप पूर्णरूपले क्षतिग्रस्त बनेको छ । टिपरको अगाडिको भागमा पनि क्षति पुगेको छ । बसको भने पछाडिको भागमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै प्रहरीले टिपर तथा चालक मोरङको सुन्दरहरैँचा नगरपालिका-७ का २३ वर्षीय चन्द्रबहादुर विक र बस तथा चालक सुन्दरहरैँचा-१२ का ४५ वर्षीय छत्रकुमार मास्केलाई नियन्त्रणमा लिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस