काठमाडौँ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी)ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो।
आइओसीले बिहीबार नेपाललाई नयाँ मूल्य पठाएको निगमले जनाएको छ। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर २१ पैसा र डिजेलमा ८५ पैसा बढाएर पठाएको छ।
त्यस्तै खाना पकाउने ग्यासमा भने प्रतिसिलिन्डर २१ रूपैयाँ ६६ पैसा बढाएर पठाएको छ। भारतबाट मूल्य बढेर आए पनि नेपालमा यथावत रहने निगमले प्रश्ट पारेको छ।
तपाईंको प्रतिकृया




