पक्राउ परेका बैंकरलाई रिहा गर्न बैंकर्स संघको माग

काठमाडौँ । बैंकर्स धरपकड विरुद्ध वाणिज्य बैंकहरु एकजुट भएका छन् । कमसल धितो राखी ठुलो रकम कर्जा प्रवाह गरेको भन्दै प्रभु बैंकका डी-सीईओ मनोज न्यौपानेसहित बैंकर्सलाई केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेसँगै २० वटै वाणिज्य बैंकका सीईओहरु एकजुट भएका हुन् ।

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुको छाता संगठन नेपाल बैंकर्स संघले बुधवार आकस्मिक बैठक बसी बैंकर्समाथिको धरपकड भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । बैंकिङ कारोबारमा उच्च सावधानीका साथ ऐन, नियम बमोजिम कर्जा निक्षेपसँगै अन्य आर्थिक गतिविधि गरिरहेको अवस्थामा कुनै कारण देखाई बैंकर्समाथि सीआईबीले धरपकड गर्नु निन्दनीय कार्य भएको संघको निष्कर्ष छ ।

पक्राउ परेकालाई रिहाइ गर्न पनि बैठकले माग गरेको छ । मंगलबार केन्द्रिय अनुसन्धान ब्यूरोले प्रभु बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) मनोज न्यौपाने, साविक सेञ्चुरी बैंकका पूर्व सीईओ तुलसीराम गौतम लगायत १० जना बैंकरलाई पक्राउ गरेको थियो । बैंकरलाई पक्राउ गरेपछि बैंकर्स संघले आकस्मिक बैठक बोलाएका हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री