बिक्री खुलेको दुई दिनमै सर्वोत्तमको आईपीओमा ८ गुणा बढी आवेदन

काठमाडौं । पहिलोपटक बुक बिल्डिङमार्फत खुलेको सर्वोत्तम सिमेन्टको साधारण सेयर (आईपीओ)मा दुई दिनको अवधिमा नै मागभन्दा बढी आवेदन परेको छ । सीडीएस एण्ड क्लियरिङ (सीडीएससी)का अनुसार सोमबार साँझ ५ बजेसम्मको अवधिमा ४ लाख ७ हजारभन्दा धेरैले आवेदन दिएका हुन् ।

ती आवेदकले २ करोड २२ लाख कित्ताभन्दा धेरै सेयर माग गरेका छन् । यो बिक्री खुलाइएको कूल सेयरभन्दा ८ गुणाले बढी हो । कम्पनीले यही फागुन १३ देखि १६ गतेसम्मको अवधिका लागि २७ लाख ७६ हजार ७६ कित्ता सेयर बिक्री खुलाएको छ । यो कम्पनीको आईपीओमा आवेदकले कम्तीमा ५० कित्ता आवेदन दिनुपर्छ ।

र, यो परिणामको सेयरमा आवेदन दिनका लागि १८ हजार ४५ रुपैयाँ आवश्यक पर्छ । कम्पनीले प्रतिकित्ता ३६०.९० रुपैयाँमा आईपीओ खुलाएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

श्रमिकले रेमिट्यान्स पठाउने सुनिश्चिता गरेमा विना धितो ऋण पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१ /०८२ मा श्रमिकले रेमिट्यान्स पठाउने सुनिश्चिता …

प्रतिकृया दिनुहॊस