ग्लोबल आईएमइ बैंकको नाफा ५२ प्रतिशतले बढ्यो

काठमाडौं । ग्लोबल आईएमई बैंकले पहिलो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । वित्तिय विवरण अनुसार बैंकको नाफा ५२ प्रतिशतले वृद्धि भएको छ ।

बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा ५२ दशमलब ४१ प्रतिशतले नाफा बढाएर ५१ करोड ७६ लाख पुर्याएको हो । जुन नाफा अघिल्लो आवको सोही अवधीमा कमाएको ३३ कराड ९६ लाख भन्दा १७ करोड ८० लाख रुपैंयाँले बढि हो ।

त्यस्तै, स्ट्याण्डर्ड चाटर्ड बैंकले पनि पहिलो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण सार्वजनिक गर्दै ५८ करोड ४५ लाख नाफा कमाएको जनाएको छ । बैंकले गत आवको सोही अवधीमा ४७ करोड १२ लाख नाफा कमाउन सफल भएको थियो ।

दुबैं बैंकले एनएफआरएस लेखा प्रणाली अनुसार पहिलो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण सार्वजनिक गरेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४१ पैसा रहेको छ ।

प्रतिकृया दिनुहॊस