कांग्रेस महासमितिमा आजदेखि पेस भएका प्रतिवेदनमाथि छलफल

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा पेस भएका विभिन्न पाँच वटा प्रतिवेदनमाथि छलफल सुरु हुँदैछ । सोमबारदेखि सुरु भएको कांग्रेसको महासमिति बैठकमा मंगलबार पाँच प्रतिवेदन पेस भएका थिए । ती प्रतिवेदनमाथि छलफल आजबाट छलफल सुरु हुने भएको हो ।

कांग्रेस प्रचार प्रसार उपसमितिका संयोजक मीन बहादुर विश्वकर्माका अनुसार बैठकमा उपसभापति तथा उपप्रधान तथा रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेस गरेका छन् । यस्तै महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन, कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस गरेका छन् ।

पेस गरिएका प्रतिवेदनमा चारवटा हलहरुमा छलफल हुने संयोजक विश्वकर्माले जानकारी दिए । उनका अनुसार गोदावरी हलमा कोशी र सुदूरपश्चिम प्रदेश, कोन्ज्योसोम हलमा लुम्बिनी प्रदेश, भातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरु, फूलचोकी हलमा बागमती र गण्डकी प्रदेश र विशंखुनारायण हलमा मधेस र कर्णाली प्रदेशको समूहगत छलफल हुनेछ । कांग्रेसको महासमिति बैठक फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सर्‍यो बजेट भाषण, दुई बजे मन्त्रिपरिषद् बोलाइयो

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तय भएको संयुक्त सदनको बैठक सरेको छ …

प्रतिकृया दिनुहॊस