स्मार्टफोन होनोर एक्स९बी भारतमा पनि लन्च

काठमाडौँ । नेपालमा आयात हुने सबै स्मार्टफोनहरू भारतमा भन्दा धेरै महँगो हुने गर्दछन्। एकै मोडेल र भेरियन्टको मूल्य भारतमा भन्दा नेपालमा बढी हुने गर्दछ ।

जसमा कुनै मोडलहरूको मूल्य त भारतको तुलनामा भन्दा दोब्बर नै हुने गर्दछ। तर अहिले भर्खरै लन्च भएको होनोरको स्मार्टफोनमा भने कुरा केहि फरक रहेको छ।

होनोर एक्स९बी भारतमा लन्च गरिएको छ, जुन नेपालमा भन्दा पछि लन्च भएको हो भने मूल्य पनि उस्तै छ । नेपालमा यसअघि नै २१ जनवरीमा लन्च भएको होनोर एक्स९बीको (१२+२५६) जीबी को मूल्य रु. ४३,९९९ रहेको छ। भारतमा भने उक्त स्मार्टफोन १५ फेब्रुअरीमा लन्च भएकामा मूल्य (८+२५६) जीबी भेरियन्टका लागि २५,९९९ भारतीय रुपैयाँ तोकिएको छ । जसअनुसार नेपालमा रु. ४१,६०० पर्न जान्छ। यसबाहेक, नेपालीहरूले अनब्रेकेबल स्मार्टफोन तीन रङमा पाउन सक्छन् जहाँ भारतमा भने दुईवटा विकल्प छन्।

स्मार्टफोन जगतमा यसलाई यो राम्रो पहल मान्न सकिने र भविष्यमा पनि यस्तै हुने हो भने भारतबाट स्मार्टफोन किन्ने प्रवृत्तिमा परिवर्तन आउने कम्पनीको विश्वास छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री